आज पश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, शुक्रबारदेखि मौसम खुल्दै जाने

 साउन २८, २०७७ बुधबार १६:१८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – मनसुनी न्यून चापीय प्रणाली सक्रिय हुँदा केही दिनयता देशभरको मौसम प्रायः बदली भइरहेको छ ।

अहिले गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । अन्य प्रदेशका एक/दुई ठाउँमा पनि हल्कादेखि सामान्य पानी परेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

उहाँका अनुसार बुधबार पश्चिमका केही क्षेत्रमा ठूलो वर्षाको सम्भावना छ । जसले गर्दा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भन्दै सचेत रहन उहाँले सुझाव दिनुभएकाे छ ।

मौसमविद् शाक्यका अनुसार शुक्रबारदेखि भने मौसम क्रमशः खुल्दै जाने छ । मनसुनी न्यून चापीय प्रणाली सामान्य अवस्थातर्फ फर्किन लागेकाले बुधबार र बिहीबारकाे तुलनामा शुक्रबार मौसम खुल्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया