रुपन्देहीमा भदौ ७ गतेसम्म निषेधाज्ञा

 भदौ २, २०७७ मंगलबार २०:२१:१४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देही जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मङ्गलबार सार्वजनिक सूचना निकाल्दै भदौ २ गतेदेखि ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको हो । निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेकका सेवा सञ्चालन गरेको पाइए सङ्क्रामक रोग ऐन २०२० को दफा २ अनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।

रुपन्देहीका अधिकांश पालिकाहरुले लकडाउन घोषणा गरेपछि स्थानीय प्रशासनले जिल्लामा निषेधाज्ञाको घोषणा गरेको हो । रुपन्देहीका १६ मध्ये सात पालिकाले लकडाउन घोषणा गरिसकेका छन् ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • राजु श्रेष्ठ

    Aug. 18, 2020, 8:46 p.m.

    निर्वाध रूपमा मोटरसाइकलहरु हुइकेकै देखिन्छ । अटो रिक्साले डबल भाडा लिई चलेकै छ । टाेलटाेलमा मानिसकाे भिड देखिएकै छ । कस्ताे निषेधाज्ञा हाे बुझ्न गाराे छ । सर्वसाधारणलाई खासै यस्काे प्रभाव परेकाे छैन । याे काराेना बारे ठट्टा गरे जस्ताे महशुस गरेकाे छु । बुटवल बासिहरू र सरकारी कार्यालयहरू यस्काे खिल्लि उडाए जस्ताे लागेकाे छ । अत्यावश्यक र अावश्यकमा केही फरक देखिन्न ।

  •  0 Reply

तपाईको प्रतिक्रिया