रुपन्देहीमा लकडाउन भदाै १४ सम्म लम्बियाे, थप कडाइ गरिने

 भदौ ७, २०७७ आइतबार १८:५८:२५ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीमा लडकाउनकाे अवधि भदौ १४ गतेसम्म लम्बिएकाे छ । जिल्लास्तरीय कोरोना नियन्त्रण तथा रोकथाम समितिको बैठकले रुपन्देहीका सबै १६ वटा पालिकामा लागू हुने गरी लकडाउनको अवधि थप गर्ने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।

समितिले गरेको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्नेछ । यसअघि जारी गरिएको निषेधाज्ञाको अवधि आइतबार राति १२ बजेसम्म थियाे । 

यस पटक थपिएको लकडाउनलाई अझ कडाइ गरिने बताइएको छ । स्थानीय पालिकाहरुले आ–आफनै किसिमबाट लकडाउन घोषणा गरेपछि जिल्लाले एकरुपता ल्याउन यो निर्णय गरेको हो ।

लकडाउनको बेला अत्यावश्यक बाहेकका सवारी साधन चलाउन पाइने छैन भने अत्यावश्यक बाहेकका पसल खाेल्न पनि पाइने छैन । 

कतिपय पालिकाले लकडाउन लम्ब्याउन जिल्लास्तरीय कोरोना नियन्त्रण तथा रोकथाम समितिलाई अनुरोध गरेका थिए । केही दिनदेखि बुटवल, तिलोत्तमा, सिद्धार्थनगरलगायतका पालिकामा कोरोनाको सङ्क्रमण बढिरहेको छ । 

रुपन्देहीमा सङ्क्रमितकाे सङ्ख्या ६ सय ५० पुगिसकेकाे छ । बैठकले केस अनुसन्धान र कन्ट्याक ट्रेसिङकाे दायरा बढाउने निर्णय पनि गरेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया