पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 भदौ २२, २०७७ सोमबार ७:४१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशैभरकै मौसम बदली हुने र प्रदेश एक, दुई, वाग्मती, गण्डकी र प्रदेश पाँचका केही ठाउँमा मेघ गर्जनसहित ठूलो पानी पर्ने सम्भावना छ । 

अहिले पनि केही ठाउँमा पानी परिरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आज ठूलो पानी पर्ने सम्भावना छैन । राति पनि देशका केही ठाउँमा पानी पर्ने महाशाखाको अनुमान छ ।

 मनसुनकाे अन्तिमतिर आइपुगेकाले केही ठाउँमा अचानक ठूलो पानी पर्ने, मेघगर्जन र चट्याङ पर्ने क्रम बढेको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया