आज चार वटा प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने

 भदौ २६, २०७७ शुक्रबार ८:२६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि देशभर बादल लागेर गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानीसमेत परिरहेको र दिउँसो पनि देशभर बादल लागेर केही ठाउँमा सामान्यदेखि आंशिक पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ । अहिले न्यूनचापीय  रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ तथा पश्चिम बंगालमा न्यूनचापीय क्षेत्र रहेको छ ।

आउँदाे तीन दिनसम्म मौसममा सुधार नहुने पनि महाशाखाले जनाएको छ । यसैबीच राति देशका केही ठाउँमा ठूलो पानी परेकाले बाढीपहिरो र डुबानको खतरा रहेको छ ।  राति नवलपरासी, रूपन्देहीको  सूर्यपूरा, बुटवल र आसपास, कपिलवस्तु, पोखरा, बाग्लुङ, पर्वत,म्याग्दी आसपास ठूलो वर्षा भएको र पहिराेकाे सम्भावना रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

तिनाउ, कञ्चनखोला, वाणगंगालगायत रुपन्देही कपिलवस्तु भएर बहने साना नदीमा आकस्मिक बहाव हुनसक्ने भएकाले चनाखो रहन शाखाको सुझाव छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया