देशभरको मौसम बदली : आज पनि केही ठाउँमा ठूलो पानी पर्ने

 भदौ ३१, २०७७ बुधबार ७:३५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशभरको मौसम बदली भएको छ । अहिले प्रदेश नम्बर १ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

देशका अरु ठाउँमा पनि सामान्य बदली भइ हल्कादेखि मध्यमखालको पानी परिरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी न्युनचापीय रेखाको प्रभावका कारण पानी परेको हो । आज दिउँसो पनि देशभर सामान्य बदली भइ केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

गण्डकी र प्रदेश ५ का केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशका धेरैजसो ठाउँको मौसम बदली भएर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् श्रेष्ठले बताउनुभयो ।

ठूलाे पानी पर्ने सम्भावना भएका ठाउँका नदीमा पानीको बहाब बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया