यो वर्षको मनसुन ढिला गरी बाहिरिने, आज देशका केही ठाउँमा भारी वर्षाको सम्भावना

 असोज १, २०७७ बिहीबार ७:४२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यो वर्षको मनसुन अझै केही दिन लम्बिने भएको छ । मनसुन सामान्यतया सेप्टेम्बर २३ मा बाहिरिने भए पनि यसपाली त्यस्तो कुनै लक्षण नदेखिएको मौसमविद् शान्ती कंडेलले जानकारी दिनुभयो ।

मनसुन तोकिएको मितिमै सकिने हो भने अब ६ दिन मात्रै बाँकी छ । मनसुन सकिने बेलामा पश्चिमतिरबाट पूर्वतिर हावा सर्नुपर्छ । तर, अहिले त्यस्तो भएको छैन । अहिले वायु पश्चिमतिर नै सक्रिय भइरहेकोले अझै केही दिन मनसुनको समय लम्बिने भएको मौसमविद् कंडेलले बताउनुभयो ।

नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुनेगर्छ । तर यसवर्ष २ दिन ढिला गरी मनसुन भित्रिएको थियो । मनसुन २ दिनमात्रै ढिला गरी भित्रिएको भए पनि बाहिरिन भने अझै १० देखि १५ दिन नै लाग्न सक्ने उहाँले बताउनुभयो ।

मनसुन सकिनका लागि देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिन्छ । तर अहिले देशभर नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच आज प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको पनि मौसमविद् कंडेलले बताउनुभयो । देशका अरु ठाउँमा भने दिनभर बादल लागेर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । राति प्रदेश १, २, वाग्मती, गण्डकी, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया