लोडशेडिङ हुन थाल्यो भन्दै फैलाइएका हल्लामा सत्यता छैन : प्राधिकरण

 असोज ७, २०७७ बुधबार १६:४१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिरकरणले फेरि लोडशेडिङ हुन थाल्यो भन्ने हल्लामा सत्यता नभएको जनाएको छ । पछिल्ला केही दिनयता ठाउँ–ठाउँमा बिजुली जाने समस्या बढेपछि उपभोक्ताले कुलमान घिसिङ प्राधिकरणबाट बिदा भएपछि लोडशेडिङ हुन थालेको भनेर गुनासो गर्न थालेका छन् ।

तर बुधबार प्राधिकरणले एक विज्ञप्तिमार्फत प्राविधिक समस्या र मौसमको कारण केही ठाउँमा विद्युत् आपूर्तिमा समस्या देखिएको र जति सक्यो छिटो समाधानको लागि पहल भइरहेको जनाएको हो । 

नियमित रुपमा गर्नुपर्ने मर्मत सम्भार तथा प्रणाली सुधारको कार्य गर्नु पर्दा विद्युत् आपूर्ति विच्छेद गर्नुपर्ने भएकोले पनि विद्युत् आपूर्तिमा समस्या भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अहिले लोडशेडिङ गर्नुपर्ने अवस्था नरहेको र आमउपभोक्ताहरुमा थप भरपर्दो र नियमित विद्युत् सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Parshu rai

    Sept. 23, 2020, 11:02 p.m.

    केही दिनयता हाम्रो तिर पनि यस्तै समस्या देखा परिरहेको छ दिन रात दुबै समय मा ktm

  •  0 Reply

तपाईको प्रतिक्रिया