आज प्रदेश १, २ र गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी पर्ने

 असोज १०, २०७७ शनिबार ८:३२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

हिजोअस्ति लगातर झरी पारेको प्रणालीकै असरले आज पनि प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर धेरै ठाउँको मौसम दिउँसो खुल्नेछ ।

महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार यो प्रणाली कमजोर हुँदै गएकाले हिजोदेखि नै कम पानी पर्दै गएको हो । आज दिउँसाे प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसम आज दिनभरी नै सामान्य भई केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

यस्तै प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसम एकैछिन खुल्दै फेरि बादल लागेर एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् बासीको पूर्वानुमान छ । आज राती पनि प्रदेश १ र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । देशका अरु प्रदेशमा पनि हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

गएराति स्थानीय वायुको प्रभावले बुटवल आसपासम निकै ठूलो पानी परेको उहाँले जानकारी दिनुभयो । मंगलबार बेलुकीदेखि देशभरी नै झरी पारेको प्रणालीको असर कम हुँदै गएकाले अब केही दिनमा यो वर्षको मनसुन पनि सकिने मौसमविद् बासीको भनाइ छ । मनसुन बाहिरिनको लागि आवश्यक प्रणाली बन्दै गएकाले अबको केही दिनमा नेपालबाट मनसुन बाहिरिने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया