सिन्धुलीमा करदाता सेवा कार्यालयबाट सेवा सुरु

 कात्तिक ४, २०७७ मंगलबार १९:२२:९ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा स्थापना भएको करदाता सेवा कार्यालयले मङ्गलबारदेखि सेवा शुभारम्भ गरेको छ । 

करदाता सेवा कार्यालयले जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयलाई स्थायी लेखा नम्बर (प्यान) दिएर सेवा शुभारम्भ गरेको हो । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले करदाता सेवा कार्यालयको उद्घाटन गर्नु हुँदै जिल्लाका करदाता सेवाग्राहीलाई सरल तरिकाले सेवा दिनुपर्ने बताउनुभयो ।

करदाता कार्यालय सिन्धुलीका प्रमुख (कर अधिकृत) चन्द्र दाहालले कार्यालयमा एक जना कर अधिकृत, दुई जना नायब सुब्बा, एक जना सुपरभाइजर, एक जना चालक र एक जना कार्यालय सहयोगीको दरबन्दी रहेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया