देशका उच्च पहाडी तथा  हिमाली क्षेत्रमा हिमपात हुने

 कात्तिक १९, २०७७ बुधबार ७:२६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आज देशका उच्च पहाडी तथा  हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

विशेषगरी प्रदेश ४ र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी  भेगमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

देशका अरु ठाउँको मौसममा भने आंशिक देखि सामान्य बदली रहनेछ । काठमाण्डौसहित केही पहाडी क्षेत्रमा बिहान लागेको बादल हटेर दिउँसो घाम लाग्ने सम्भावना छ । तर निरन्तर घाम लाग्ने सम्भावना भने छैन । एकैछिन घाम लाग्दै फेरि बादल लाग्ने छ ।  भोलि र पर्सिकाे मौसम पनि यस्तै नै रहने मौसमविद् श्रेष्ठले बताउनुभयो । यसैबीच आज बिहान ६ बजेको काठमाण्डौ उपत्यकाको तापक्रम ११ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया