आज पाँच प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

 मंसिर १, २०७७ सोमबार ८:७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – साेमबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बादल लागेर केही ठाउँमा पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उच्च पहाडी तथा हिमाली भेगको केही ठाउँमा सामान्य हिमपातसमेत भइरहेको उहाँले बताउनुभयो ।

पश्चिमी वायुको प्रभाव रहेकोले साेमबार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । साेमबार राति पनि देशभर आंशिकदेखि सामान्य बादल लागेर सुदूरपश्चिम र कर्णाली, गण्डकी, वाग्मती र प्रदेश १ का केही ठाउँमा सामान्य पानी पर्ने तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपात हुने सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो ।  

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया