आज उच्च पहाडी तथा हिमाली भेगमा मौसम सामान्य बद्ली हुने : तापक्रम घट्ने, चिसो बढ्ने

 मंसिर ४, २०७७ बिहीबार ७:५४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज उच्च पहाडी तथा हिमाली भेगमा मौसम सामान्य बद्ली हुने भएको छ ।

उच्च पहाडी तथा हिमाली भेगमा मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।

राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा नै हुनेछ । मौसमलाई प्रभाव पार्ने खालको कुनै पनि प्रणाली विकास नभएकाले आज र भोलि मौसम बद्ली हुने सम्भावना छैन । बिहान बेलुका तराईका भू-भागमा हल्का कुहिरो लागेपनि दिउँसो घाम लाग्नेछ ।

 मौसम सफा हुने भए पनि हावाको तापक्रम भने घट्ने भएकाले चिसो बढ्न सक्ने पनि महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया