ट्र्याक्टर पल्टिँदा सिन्धुलीमा एक जनाकाे ज्यान गयाे

 मंसिर ६, २०७७ शनिबार १४:७:५१ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – सिन्धुलीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुधौली नगरपालिका ५ को छपाहाका (ट्र्याक्टर चालक) २१ वर्षीय बियस दनुवारको ज्यान गएको हो । 

शनिबार बिहान ९ बजेतिर दुधौली नगरपालिका ५ नयाँ टोलबाट छपाहातर्फ मल लिन जाँदै गरेको ना. ५ त १९५१ नम्बरको खाली ट्र्याक्टर अनियन्त्रित भइ सडकमा पल्टिँदा दनुवारको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दनुवारको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी थप उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया