पहाड र हिमाली क्षेत्रको मौसम बदली हुने, तराईमा हुस्सु

 मंसिर २४, २०७७ बुधबार ७:४४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अहिले प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको मौसम आंशिक देखि सामान्य बदली भएको छ । यस्तै लुम्बिनी प्रदेशका पूर्वी भूभाग र प्रदेश २ मा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अरु ठाउँको मौसम भने सफा रहेको छ । दक्षिणपूर्वी अरबियन सागर र इन्डियन सागरमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेकोले केही ठाउँको मौसम बदली भएको हो । आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १ र वाग्मती  प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भूभाग र सुदूर पश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ । अबको २४ घण्टामा देशका धेरै ठाउँको तापक्रम घट्ने सम्भावना रहेको छ ।

यस्तै तराई क्षेत्रमा बिहान हुस्सु लाग्ने भएकोले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ । आज काठमाण्डाै उपत्यकाको न्यूनतम तापक्रम १० दशलमव २ डिग्री सेल्सियस र अधिकतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस रहेको छ । अहिलेको तापक्रम ११ डिग्री सेल्सियस रहेको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया