तराईका धेरैजसो ठाउँमा कुहिरो : काठमाण्डौमा एकैदिन चार डिग्री सेल्सियस तापक्रम घट्यो

 मंसिर २८, २०७७ आइतबार ८:१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिले  तराईका धेरैजसो ठाउँमा कुहिरो लागेको छ ।

चिसोका कारण कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो पनि तराईमा राम्रोसँग घाम लाग्ने सम्भावना छैन ।

दिउँसोतिर केही ठाउँमा कुहिरो हटे पनि केही ठाउँमा भने रहने मौसमविद् पोख्रेलले बताउनुभयो । यस्तै दिउँसो प्रदेश नम्बर १, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक बद्लीको सम्भावना छ । प्रदेश १ को पहाडी भूभागका एक/दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । 

तराईमा कुहिरो तथा  अरु केही ठाउँमा आंशिक बद्ली कारण बिहानीपख भिजिबिलिटी कम भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ । यसैबीच काठमाण्डौ उपत्यकामा आज एकैदिन झण्डै ४ डिग्री सेल्सियस कम तापक्रम मापन गरिएको छ ।

उपत्यकामा हिजो न्यूनतम तापक्रम ९ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएकोमा आज ५ डिग्री सेल्सियसमा झरेको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया