तराईमा बाक्लो हुस्सु, भोलिदेखि मौसम सफा रहने अनुमान

 पुष ८, २०७७ बुधबार ८:५३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पश्चिमी वायुको प्रभावका कारण अहिले प्रदेश एक बाहेकका ठाउँमा आंशिक बदली भइरहेको छ । अहिले गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहेको छ । आज देशका केहि ठाउँहरुमा आंशिक बदली हुने र भोलिदेखि केहि दिन मौसम सफा रहने मौसमविद् मानन्धरले बताउनुभयो । आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्रीमा झरेको थियो । आज अधिकतम तापक्रम १८–२० डिग्री पुग्ने संभावना छ ।

भोलिबाट भने केहिदिन मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यहि मौसमी प्रणाली रहिरहे तत्काल तराईमा शितलहरको सम्भावना नरहेको मौसमविद् मानन्धरको भनाई छ । आज राति वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी स्थानमा मौसम सफा रहनेछ । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया