काठमाण्डौको तापक्रम जाडो सुरु भएपछिकै कम, न्यूनतम तापक्रम १ दशमलव ३ डिग्रीमा झर्यो

 पुष ११, २०७७ शनिबार ७:४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकाको तापक्रम आज यो वर्ष जाडो सुरु भएपछिकै कम भएको छ ।

आज काठमाण्डौ उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि गएको पुस तीन गते काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री मापन गरिएको थियो । हिजो काठमाण्डौको तापक्रम २ दशमलव ५ डिग्री रहेको थियो ।

आज भने काठमाण्डौको तापक्रम अहिलेसम्मकै कम मापन गरिएको र तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । आज काठमाण्डौ उपत्यकासहित प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा दिउँसो बादल लाग्ने मौसमविद्को अनुमान छ ।

पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशबाहेकका ठाउँहरुमा मौसम भने सामान्यतया सफा रहेको छ । आज राति भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसम बद्ली हुने अनुमान छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया