हिमाली क्षेत्रका केही ठाउँमा आज हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु र कुहिरो

 माघ ७, २०७७ बुधबार ८:५६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आज उच्च हिमाली भूभागका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ ।

हिमपातको सम्भावनासहित आज देशका विभिन्न ठाउँकाे आकाशमा बादल लागेर राम्रोसँग घाम नलाग्ने र तापक्रम घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै तराईमा बिहानदेखि नै बाक्लो हुस्सु् र कुहिरो लाग्न सुरु भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १ को पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ । पहाडी क्षेत्रका केही ठाउँ र तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ । आज दिउँसो पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अरु ठाउँमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै महाशाखाका अनुसार प्रदेश नं १ का पहाडी भूभागका एक वा दूई ठाउँमा पानी पर्ने र प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया