पहाडी केही क्षेत्रको मौसम आंशिक बदली : थोरै ठाउँमा हल्का वर्ष...
कात्तिक १६, २०८१ शुक्रबार
दाङ - बाघको आक्रमणबाट देउखुरी लमही नगरपालिका-८ खोलीगाउँकी ५० वर्षीया बेलमती चौधरी गम्भीर घाइते हुनु भएको छ ।
शनिबार दिउँसो बाख्रा चराउन नजिकैको जङ्गलमा गएको समयमा उहाँलाई बाघले आक्रमण गरेको हो ।
बाघकाे आक्रमणबाट चौधरीकाे मुख, आँखा र टाउको गम्भिर चाेट लागेकाे छ । श्रीमान टुलिराम चौधरी रुखमा चढेर घाँस झार्दै गर्दा बाघले बेलमतीलाई आक्रमण गरेको थियाे।
बाघको आक्रमणबाट गम्भीर घाइते भएकी बेलमतीको लमही अस्पतालमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।