आउँदाे बुधवारदेखि फेरि पानी पर्ने सम्भावना

 माघ २६, २०७७ सोमबार १६:६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – मौसम खुलेसँगै गर्मी बढ्ने अनुमान गरेको भए पनि अर्को वायु नेपाल प्रवेश गर्न लागेकाले फेरि चिसो बढ्ने मौसमविद्ले बताएका छन् । 

ग​​एकाे शुक्रवार र शनिवार देशका सबैजसो हिमाली क्षेत्रमा हिउँ र अन्य ठाउँमा पानी पारेकाे वायु नेपालबाट बाहिरिएको भए पनि पश्चिमी वायु फेरि नेपाल प्रवेश गर्न लागेकाले चिसो कायमै रहने मौसमविद् सजिना शाक्यले बताउनुभयो । 

मौसमविद् शाक्यका अनुसार आउँदाे बुधवार नेपाल प्रवेश गर्ने पश्चिमी वायुले वर्षा र हिमपात गराउने सम्भावना रहेको छ । झण्डै पाँच महिनापछि गएकाे शुक्रवार र शनिवार काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी परेको थियो ।  

आइतवारदेखि मौसम सुधार भएर गर्मी बढ्न थालेको भए पनि फेरि चिसो बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधवार आउन लागेको पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ । तीन दिनसम्म हल्का बदली र थोरै ठाउँमा वर्षा हुनेछ ।  

काठमाण्डाैसहित देशभर दिउँसोपख घाम लागे पनि चिसो अझै रहने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।  

साेमवार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने मौसमविद् शाक्यले बताउनुभयो । मङ्गलवार (भोलि) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने छ । 
 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया