मौसम बद्ली भए पनि पानी नपर्ने, तत्काल मौसममा सुधार नआउने : मौसमविद्

 फागुन १, २०७७ शनिबार ७:३६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् विभूति पोखरेलले आउँदो तीन दिनसम्म देशभरको मौसम बद्ली हुने बताउनुभयो । तर पश्चिमी वायुको प्रभाव सक्रिय नरहेकाले पानी पर्ने सम्भावना भने नभएको मौसमविद् पोखरेलले बताउनुभयो ।

आज देशका उच्च पहाडी भूभागमा सामान्य हिमपातको सम्भावना रहेको छ । यो वर्षको जाडो सकिँनै लाग्दा राम्रोसँग हिउँदे वर्षा हुन सकेको छैन ।

माघ महिनाको मध्यतिर देशका केही ठाउँमा हल्का पानी परे पनि पर्याप्त पानी पर्न नसकेको हो । मौसमविद् पोखरेलले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको र परिहाले पनि फाट्टफुट्ट मात्रै पर्ने बताउनुभयो ।

हिउँदको समयमा पर्याप्त पानी नपर्दा किसानले लगाएको हिउँदे बाली उत्पादनमा गिरावट आउने कृषिविज्ञहरुले बताएका छन् । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया