सिन्धुलीमा जीप दुर्घटना : ४ जनाकाे ज्यान गयाे, ७ घाइते

 चैत ३, २०७७ मंगलबार १९:६:२७ | बाबुराम देवकोटा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सिन्धुली – सिन्धुलीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । 

दुर्घटनामा ज्यान गुमाउनेमा कमलामाई ७ का ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रीता यसमाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उहाँका दुई वर्षीय छोरा मनिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कमलामाई नगरपालिका ७ को बाँसकटेरीमा बा १७ च १११७ नम्बरको जीप मङ्गलवार दिउँसो दुर्घटना भएको हो । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको जीप अनियन्त्रित भएर पल्टिएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया