काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा असिना पानी, केही दिन सावधानी अपनाउन आग्रह

 वैशाख ३, २०७८ शुक्रबार १९:७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिनासहित पानी परेको छ । स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले चट्याङसहित असिना पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वाग्मतीसहित प्रदेश एक, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी परेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । असिना पानीले कतिपय ठाउँमा बालीनालीमा क्षती समेत पुर्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा प्रि–मनसुनको गतिविधि सक्रिय रहेको र यस्तो बेलामा हावाहुरी र चट्याङको जोखिम हुन सक्ने भन्दै सजगता अपनाउन अनुरोध गरेको छ ।

शुक्रवार (आज) राती प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा मौसम बदली हुने र शनिवार (भोलि) देशका धेरैजसो ठाउँमा बादल लागेर विभिन्न ठाउँमा मेघगर्जन, हावाहुरी, चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वन क्षेत्रमा लागिरहेको डढेलो र लामो समयदेखिको खडेरीका कारण कृषिमा परेको असरका कारण पानी पर्नुलाई राम्रो मानिएको छ । अहिलेको मनसुनी गतिविधिले तरकारी र फलफूलसहित धान बालीलाई सकारात्मक योगदान पुर्‍याउने कृषिविज्ञ बताउँछन् ।

अहिलेको पानीले डढेलो निभाउने र हावामा भएको धुवाँ तथा अरू प्रदूषण पनि हट्ने भएकाले मौसम सुधारका लागि पानी उपयुक्त भएको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले बताउनुभयो ।  

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया