निर्मला हत्या प्रकरण: अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै डडेल्धुरामा पनि प्रदर्शन

 भदौ ६, २०७५ बुधबार १५:२१:३२ | तपेन्द्र बिष्ट
unn.prixa.net

 डडेल्धुरा – निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै डडेल्धुरामा बुधबार नागरिकहरुले आन्दोलन गरेका छन् । 

प्रहरीले वास्तविक अपराधी लुकाई मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी ठहराई वास्तविक अपराधिलाको बचाउ गरेको भन्दै आन्दोलन गरिएको पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष मान बहादुर साउदले बताउनुभयो ।

शान्तिपूर्ण रुपमा गरिएकाे आन्दोलनमा निर्मला पन्तको हत्यारालाई कारबाही गर, मानव अधिकारको रक्षा गर लगायतका नारा लगाइएकाे छ । आन्दोलनमा नागरिक समाजका अगुवा, स्थानीय समाजसेवी, पत्रकार, उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

निर्मला पन्त हत्या प्रकरणको निष्पक्ष छानविन नभए आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिईने महिला विकास समाजकी अध्यक्ष आरती जोशीले बताउनुभयो । आन्दोलनका कारण केही समय सडक अवरुद्ध भएको थियो ।

आन्दोलनकारीहरुले कन्चनपुरका प्रहरी प्रमुखले दोषीलाई लुकाउन खोजेको भन्दै प्रहरी प्रमुखलाइृ निलम्बन गर्नु पर्ने, दोषीलाई बडा कारबाही हुनु पर्ने माग राखेका छन् । 

यसअघि प्रहरीले १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भएको भन्दै मानसिक समन्तुलन गुमाएका स्थानीय दिलिप सिंह बिष्टलाई सार्वजनिक गरेको थियो । 

साथीको घरमा जान्छु भनी निस्केकी १३ वर्षीया पन्त गएको साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन् । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया