तराईका सबैजसो क्षेत्रमा तुवाँलो, पश्चिमी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

 वैशाख ८, २०७८ बुधबार ७:५०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – देशका धेरैजसो ठाउँमा तुँवालो सुरु भएको छ । भारतबाट धुवाँ र धुलो आइरहेकोले तराईका सबैजसो क्षेत्र र काठमाण्डाैसहित पहाडी जिल्लामा पनि अहिले 'भिजिबिलीटी' कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी क्षेत्रबाट सुरु भएको तुवाँलो पूर्वतर्फ सर्ने क्रममा रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकीलगायत प्रदेशका पश्चिमी क्षेत्रमा आन बिहानैदेखि मेघ गर्जनसहितको पानी पर्न लागेको उहाँको भनाइ छ । त्यस क्षेत्रको मौसम बिहानैदेखिबाट बद्ली भइरहेको छ ।

पश्चिमी वायुको प्रभाव र अरब सागरबाट जलवास्पयुक्त हावा नेपाल प्रवेश गरेकोले पश्चिमी क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने उहाँले बताउनुभयो । दिउँसो पनि यी क्षेत्रहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । 
 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया