घाम लाग्यो घमाइलो ! (फाेटाे फिचर)

 वैशाख ९, २०७८ बिहीबार १२:१४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ  उपत्यकासहित देशका धेरै ठाउँको मौसम छ्याङ्ग खुलेको छ । बुधवार रातिदेखि परेको पानी रोकिएर घाम लागेपछि काठमाण्डौ उपत्यकासहित पश्चिम तराईको मौसम खुलेको छ ।

पानी परेका कारण तुवाँलो र प्रदूषण हटेको छ । आकाश खुलेसँगै डाँडाकाँडा र हिमाल देखिएका छन् । पानी पार्ने प्रणाली बाहिरिएकाले आज काठमाण्डौ उपत्यकामा पानी पर्ने सम्भावना कम रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बेलुका काठमाण्डौको मौसम आंशिक बदली हुने सम्भावना रहे पनि पानी भने पर्ने छैन ।

ताप्लेजुङ, ओखलढुङ्गालगायत देशका पूर्वी क्षेत्रमा भने अहिले पानी परिरहेको उहाँले बताउनुभयो । बेलुकापछि पूर्वी क्षेत्रमा पनि पानी पर्न रोकिने सम्भावना रहेको मौसमविद्को भनाइ छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण गए रातिदेखि देशका धेरै ठाउँमा वर्षा भएको थियो ।  

 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया