देशभरिकाे तापक्रम वृद्धि, पहाडका केही भूभागमा क्षणिक वर्षाकाे सम्भावना

 वैशाख १४, २०७८ मंगलबार ७:३५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभर अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ ।

गर्मी बढ्ने र त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित असरबाट बच्न मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ ।

महाशाखाका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम ३० डिग्री सेल्सियस र अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहने भएको छ । हिजो न्यूनतम १४ र अधिकतम ३१ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

यस्तै आज पहाडका थोरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ  । अहिले प्रदेश-१, प्रदेश-२ लगायत पहाडी क्षेत्रमा आंशिक बद्ली रहेको छ ।

बाँकी भूभागमा भने मौसम सफा रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । अहिले देशको पूर्वी क्षेत्रमा न्यूनचापीय रेखाको प्रभाव रहेको छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया