आज मौसममा केही सुधार, दिउँसो पछि धेरै ठाउँमा बादल लाग्ने

 वैशाख २६, २०७८ आइतबार ७:४२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज देशका धेरैजसो ठाउँको मौसममा केही सुधार आएको छ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभावका कारण बितेका केही दिनदेखि देशभरको मौसम बदली भइरहेकोमा आज बिहान केही सुधार भएको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

तर आज पनि दिउँसो पछि देशका धेरैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी पर्ने संभावना रहेको उहाँले बताउनुभयो । अहिले प्रदेश २ को धनुषा, महोत्तरी तथा प्रदेश १ को विराटनगर आसपास सहितका ठाउँमा पानी परिरहेको छ ।

प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बादल लागेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ ।

केही ठाउँमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ । यस्तै राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने संभावना रहेको मौसविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया