आज र भोलि मौसम सामान्यतया सफा रहने

 जेठ १, २०७८ शनिबार ७:३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज र भोलि देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

पहाडी भेगमा आंशिक बदली हुने सभावना रहे पनि त्यसको ठूलो असर नपर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । प्रि मनसुनको समय भएकोले दिउँसोपछि पहाडी भेगका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना पनि रहेको उहाँले बताउनुभयो ।

भोलि बेलुकीसम्म पनि मौसम सामान्यतया सफा रहने र पर्सि सोमबारदेखि भने मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ । मे महिना नेपालमा मनसुन शुरु हुने संघारको समयमा भएकोले घाम लागिरहेको बेला पनि एक्कासि बादल आएर पानी पर्न सक्ने मौसमविद्हरु बताउँछन् । उच्च पहाडी तथा हिमाली क्षेत्रमा दिउँसो पछि हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया