अरब सागरमा विकसित सामुद्रिक आँधीकाे प्रभाव नेपालमा पनि पर्ने सम्भावना, सचेत रहन आग्रह

 जेठ २, २०७८ आइतबार १३:२१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अरब सागरमा विकसित भएको सामुद्रिक आँधीकाे प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अबको २४ घण्टासम्म यो सामुद्रिक आँधीको प्रभाव नपरे पनि त्यसपछि भने पर्न सक्ने सम्भावना देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

माैसमविद् अर्यालकाअनुसार यो आँधीको प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ । यस्तै 'तौ ते' नाम गरेको यो सामुद्रिक आँधीसँगै पश्चिमी वायु र न्यून चापीय प्रणालीको पनि प्रभाव पर्ने सम्भावना रहेकाले भोलि बेलुकापछि भने देशका धेरै ठाउँको मौसम बदली हुने सम्भावना रहेको छ ।

आज र भोलिको मौसम सामान्यतया सफा नै रहे पनि त्यसपछिका एक/दुई दिन धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् अर्यालले जानकारी दिनुभयो । यो आँधीको प्रभाव र अवस्था हेरेर सूचना सार्वजनिक गर्ने मौसमविद्को तयारी छ ।

'तौ ते' समुद्री आँधीका कारण भारतको केरलामा दुई जनाको ज्यान गएको छ । गुजरात, महाराष्ट्र, केरलासँगै तमिलनाडुमा यो आँधीको असर पर्ने त्यहाँको मौसम विभागले जनाएको छ । यी राज्यमा उच्च सतर्कता पनि अपनाइएको छ । तमिलनाडुमा ठूलाे वर्षाको पनि अनुमान गरिएको छ ।    

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया