देशभर वर्षा : आज बेलुकादेखि मौसम बिस्तारै खुल्दै जाने

 जेठ ७, २०७८ शुक्रबार ७:३५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभरको मौसम बद्ली भएको छ । अहिले गण्डकीबाहेक सबै प्रदेशमा पानी परेको छ ।

थोरै ठाउँमा भारी र कतै थोरै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसोपख पनि सुदूरपश्चिम, कर्णाली, वाग्मती र प्रदेश-१ का केही ठाउँ र लुम्बिनी, गण्डकी र प्रदेश-२ का थोरै ठाउँमा मेघगर्जन/चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।

सुदूरपश्चिम, वाग्मती, प्रदेश-१ र २ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । भारतमा आएको चक्रवात ताउ–ते आँधीपछि बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बद्ली भएको हो । देशका केही ठाउँमा हिजो पनि पानी परेको थियो ।

आज बेलुकादेखि मौसम बिस्तारै खुल्दै जाने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । आजराति प्रदेश-१ र २ सहित बाँकी पहाडी क्षेत्रमा मौसम बद्ली हुने र अरु ठाउँको मौसम सफा हुने अनुमान छ । त्यस्तै हिमाली क्षेत्रमा छिटफुट हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया