पूर्वी नेपालबाट भित्रिएको मनसुन गण्डकी र लुम्बिनीमा, दुई दिनभित्र पश्चिमसम्म पुग्ने अनुमान

 जेठ २९, २०७८ शनिबार १४:५७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वी नेपालबाट भित्रिएको मनसुन अबको दुई दिनभित्र पश्चिमसम्म नै पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन निकालेर मनसुन अहिले गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म पुगेको जनाएको छ । हिजो प्रदेश एक, प्रदेश दुई र वाग्मतीमा मनसुन आइपुगेको थियो । आउँदो हप्ता मनसुन थप सक्रिय भई देशका धेरै जसो ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सर्तकता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

आज पूर्व र मध्य क्षेत्रमा मौसम पूर्ण बदली तथा सुदूरपश्चिम र लुम्बिनीमा आंशिक बदलीको अवस्था रहेकाले धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान छ । साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सर्तकता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया