मौसमको विशेष बुलेटिन : मनसुन थप सक्रिय, केही ठाउँमा ठूलो पानी पर्ने

 असार १, २०७८ मंगलबार १४:२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अहिले मनसुन थप सक्रिय भएकाले देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बुलेटिन निकालेर अहिले भारतको झारखन्डमा रहेको न्यून चापीय क्षेत्र र मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको जनाएको हो ।

यसका कारण अहिले दिउँसो र राति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने र गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको केही ठाउँमा भने ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । यी प्रदेशका पहाडी ठाउँमा पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मौसमविद्ले अबको तीन दिन लगातार पानी पर्ने पूर्वानुमान गरेका छन् ।   

‘गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका पहाडी भूभागमा पहिराे तथा गेग्रान बहावकाे जाेखिम रहेकाे, नदीनाला तथा खहरे खाेलाहरूमा पानीकाे सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुराेध छ’, विज्ञप्तिमा भनिएकाे छ । 

 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया