अबको ३ दिनसम्म देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 असार ९, २०७८ बुधबार ७:४३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित आसपासका क्षेत्रका केही ठाउँमा यतिबेला घाम लागेको छ । तर, मौसम पूर्ण रुपमा नखुलेको मौसमविद्ले बताएका छन् ।

अहिले घाम लागे पनि फेरि मौसम बद्ली भइ पानी पर्ने मौसमविद्ले बताएका छन् । मनसुनी प्रणालीका कारण आज दिनभरजसो नै देशका धेरै ठाउँको मौसम बदली हुने र केही ठाउँमा हल्कादेखि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । दिउँसो प्रदेश एक, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भने ठूलो पानी पर्ने सम्भावना छ । आज राति पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आउँदो तीनदिनसम्म देशका केही ठाउँमा ठूलो र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया