गण्डकी र लुम्बिनीमा वर्षा : दिउँसोपछि देशभरको मौसम बदली हुने

 असार १०, २०७८ बिहीबार ९:१७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले गण्डकी र लुम्बिनीका केही ठाउँमा पानी परिरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा वाग्मती र कर्णालीका थोरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनीमा गएरातिदेखि नै लगातार पानी परेको हो ।

यस्तै अहिले काठमाण्डाै उपत्यकाका केही ठाउँमा घाम लागेकाे छ । आज दिउँसोपख देशभरको मौसम बदली हुने पूर्वानुमान रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले बताउनुभयो । मौसम बदलीपछि प्रदेश एक, वाग्मती, गण्डकी र लुम्बिनीका धेरै ठाउँमा पानी पर्ने महाशाखाको अनुमान छ । एक दुई ठाउँमा मेघगर्जन र चट्टयाङसहित ठूलो पानी पर्ने भएकाले सर्तकता अपनाउन महाशाखाका मौसमविद् पौडेलले आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार प्रदेश दुई, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति पनि वाग्मती, गण्डकी र लुम्बिनीका एक/दुई ठाउँमा मेघगर्जन र चट्टयाङसहित ठूलो पानी पर्ने सम्भावना छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया