देशका धेरै ठाउँमा असार अन्तिमसम्म नै झरी पर्ने

 असार २५, २०७८ शुक्रबार १७:२८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशका धेरै ठाउँमा असार अन्तिमसम्म नै झरी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आउँदो हप्तासम्म नै मनसुन सक्रिय भइ देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा सबै प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले विशेष बुलेटिन निकालेर जानकारी दिएको हो ।

तत्काल मौसम खुल्ने सम्भावना नदेखिएको र आउँदो हप्तासम्म नै झरी पर्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । यही बुधवारदेखि मौसम थप सक्रिय भएको हो ।

आज शुक्रवार मकवानपुर, दोलखा, इलाम, सिन्धुली, दाङ, बाँकेलगायतका जिल्लामा पानी परिरहेको छ । त्यस्तै चितवनमा पनि चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा पानी पर्ने अनुमान माैसम विज्ञान विभागकाे छ । 

देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुराेध गरेकाे छ । 

यसैबीच वर्षाका कारण सडक पनि प्रभावित हुने हुँदा अति आवश्यक नपरि नहिँड्न पनि आग्रह गरिएकाे छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया