मौसम सामान्य बद्ली : अबको तीन/चार दिन धेरै ठाउँमा ठूलो पानी नपर्ने

 असार २९, २०७८ मंगलबार ८:४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका धेरै ठाउँको मौसम अहिले सामान्य बद्ली भएको छ ।

काठमाण्डौ उपत्यकामा बिहानैदेखि घाम लागेको छ । अरु धेरै ठाउँमा पनि मौसम सामान्य रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का पानी परिरहेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । आज दिउँसो मौसम बद्ली भइ धेरै ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।

प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अबको तीन/चार दिन धेरै ठाउँमा धाम लाग्ने र मौसम सामान्य बद्ली हुने क्रम चलिरहने तर कतैकतै बाहेक ठूलो पानी नपर्ने मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया