भाेलिदेखि मनसुन थप सक्रिय हुने

 साउन १०, २०७८ आइतबार १६:१२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – भाेलि सोमवारदेखि मनसुन थप सक्रिय भइ देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसाे ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक बिस्तारै आउने क्रम सुरु भएकाले सोमवारदेखि मनसुन थप सक्रिय भइ देशका धेरैजसाे ठाउँमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । 

आज रातिसम्म न्यून चापीय रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना रहेकाले मनसुन सक्रिय भइ बुधवारसम्म वर्षा हुने सम्भावना देखिएको हो, मौसमविद् पौडेलले भन्नुभयो । जल तथा मौसम विज्ञान विभागले आउँदाे २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । 

विभागले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अहिले देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाका साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।   

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया