वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षाकाे सम्भावना

 साउन २३, २०७८ शनिबार ८:४०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज वाग्मती,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

वाग्मती प्रदेशको काठमाण्डौ उपत्यका र आसपासको क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । 

उहाँका अनुसार मनसुन खासै सक्रिय नभएकाले देशका अरु ठाउँमा भने सामान्य बद्ली भएर कुनै कुनै ठाउँमा हल्का खालको पानी पर्ने सम्भावना छ ।

दिउँसोतिर भने  देशभरि नै सामान्य बद्ली रहनेछ । आउने बुधवारदेखि मनसुन थप सक्रिय हुँदै जाने मौसमविद् अर्यालले बताउनुभयो । 

अन्तिम अपडेट: असोज २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया