देशका धेरै ठाउँमा वर्षा : केही दिन हल्कादेखि मध्यम खालको पानी पर्ने

 भदौ ६, २०७८ आइतबार ८:१२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका धेरै ठाउँमा पानी परेको छ । मनसुनी गतिविधि सक्रिय नै रहेकाले गएको २४ घण्टामा सातै प्रदेशमा हल्कादेखि मध्यम खालको पानी परेको छ ।

अहिले भने वाग्मती प्रदेश र प्रदेश नम्बर १ मा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो वाग्मती, गण्डकी प्रदेशसहित प्रदेश-१ का धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने उहाँले बताउनुभयो । राति भने प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

मौसमविद्ले अबको केही दिन देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने बताएका छन् । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया