मनसुनी न्यूनचापीय रेखा नेपाल तिर सर्दै, केही ठाउँमा ठूलो पानी पर्ने

 भदौ ९, २०७८ बुधबार ८:१७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक सरिरहेकाले देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

नेपालको पूर्वी तराई नजिक रहेको मनसुनी  न्यूनचापीय रेखा आज रातिदेखि नेपाल प्रवेश गर्ने भएकाले धेरै ठाउँमा पानी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । न्यूनचापीय रेखाको प्रभाव केही दिन रहने देखिएकाले अबको ३/४ दिन नै पानी पर्ने अनुमान गरिएको छ ।

आज  वाग्मती, लुम्बिनी, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र प्रदेश २ का केही ठाउँमा दिउँसाे ठूलो पानी पर्ने मौसमविद् बासीले बताउनुभयो । यस्तै, राति पनि यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने उहाँकाे भनाइ छ । भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने र धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले जनाएका छन् । यसले गर्दा बाढी पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । 
 

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया