आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाकाे सम्भावना

 भदौ २९, २०७८ मंगलबार ८:३२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् ।

पानी पार्ने प्रणाली खासै नभएकाले केही दिन ठूलो पानी नपर्ने मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो र बेलुका धेरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

काठमाण्डाै उपत्यकामा पनि दिउँसो पछि हल्कादेखि मध्यम खालको पानी पर्ने उहाँले बताउनुभयो । ठूलो  पानी नपरे पनि जमिन गलेका भिरालो जमिनमा सुक्खा पहिरो जान सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

मौसमविद्ले अब बिस्तारै पानी पर्न कम हुने पनि बताएका छन् ।  

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया