मनसुन बाहिरिन ढिलाइ हुने, झापा र आसपासका क्षेत्रमा मेघगर्जनसहित वर्षा

 असोज १३, २०७८ बुधबार ८:१८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिलेसम्म बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएकाले मनसुन औसत समयभन्दा केही ढिलो गरी बाहिरिने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

मनसुन लम्बिए पनि निष्क्रिय रहेकाले ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । नेपालमा  गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने भन्ने गरिए पनि यसपालिदेखि परिमार्जन गर्दै जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने समय तोकिएको छ ।

हरेक १०, १० वर्षमा मनसुनको समय परिमार्जन गर्ने गरिएको छ । अक्टोबर २ तारिख आउन अब तीन दिन मात्रै बाँकी छ । तर, मनसुनी गतिविधि भने कायमै छ । अहिले देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । झापा र त्यस आसपासका क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।  अहिले मनसुनको न्यून चापीय रेखा औसत भन्दा केही दक्षिणतिर रहेकोले त्यस क्षेत्रमा पानी परेको हो ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने अनुमान छ । बंगालको खाडीको उत्तर पश्चिम भू–भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेकाले मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् । 


 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया