सिन्धुलीमा नाै युवकद्वारा तीन किशाेरीमाथि सामूहिक बलात्कार

 असोज ३१, २०७८ आइतबार १४:३८:४० | बाबुराम देवकोटा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सिन्धुली – सिन्धुलीको कमालामाई नगरपालिका ५ बोझेका तीन किशोरीमाथि सामूहिक बलात्कार भएको छ । तीन बालिकालाई त्यही ठाउँमा बस्ने नौ युवकले हिजो शनिवार राति बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामभक्त भट्टराईले बलात्कार गर्नेमध्ये २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई पक्राउ गरिएको जानकारी दिनुभयो । बाँकी ६ जना फरार रहेका र उनीहरूको खोजी भइरहेको उहाँले बताउनुभयो ।

बलात्कृत हुने किशोरीहरू १५, १६ र १७ वर्षका रहेको बताइएको छ । बलात्कृत किशोरीका अभिभावकले किटानी जाहेरी दिइ यस घटनामा संलग्नलाई  कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मेडिकल जाँचका क्रममा पनि तीन किशोरीमाथि बलात्कार भएको खुलेको जनाइएको छ ।

कार्यालयका अनुसार दशैँका कारण अदालत बन्द भएकाले बलात्कार गर्नेलाई कारबाही गर्न अहिले पक्राउ पुर्जी लिइएको छ । अदालत खुलेपछि थुनामा राखेर अनुसन्धान गर्ने र म्याद थप लिइ थप कारबाही प्रक्रिया अघि बढाउने बढाइने छ ।

बलात्कार गर्नेमध्ये एक युवक र बलात्कृत हुने एक किशोरीबीच पहिलेदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया