अटो रिक्सामै बच्चा जन्मियो

 भदौ १९, २०७५ मंगलबार १७:३५:५१ | निर्मला खडायत
unn.prixa.net

कैलाली – धनगढीमा एक जना महिलाले अटो रिक्सामै बच्चा जन्माएकी छन् । 

अटोरिक्सामा सुत्केरी गराउन भनी अस्पताल ल्याउँदै गरेकी धनगढी उपमहानगरपालिका –१२, ए गाउँ जुगेडाकी २५ वर्षीया पार्वती थापाले मंगलबार दिउँसो अञ्चल अस्पताल नजिकै अटो रिक्सामै बच्चा जन्माएकी हुन् । 

दिदी चन्द्रा थापाले उनलाई अटोरिक्सामा अस्पताल ल्याउँदै गर्दा बाटोमै बच्चा जन्मिएको हो । बच्चा जन्मिसकेपछि उनलाई अस्पतालको प्रसूति कक्षभित्र लगिएको थियो । सेती अञ्चल अस्पताल प्रसूति विभागकी नर्स लक्ष्मी शाहले बच्चा र आमाको अवस्था ठिक रहेको जानकारी दिएकी छन् । बच्चाको तौल ३ किलो रहेको छ । थापाले अटो रिक्सामै बच्चा जन्माएपछि मानिसहरुको भिड लागेको थियो । 

बच्चा जन्मिसकेपछि सुत्केरी थापालाई अस्पतालको प्रसूति कक्षभित्र लगियो । 

आमा र छोरा दुवैको स्वास्थ्य राम्रो रहेको सेती अञ्चल अस्पताल प्रसति विभागकी नर्स लक्ष्मी शाहले बताइन् ।
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया