भाेलि रातिदेखि देशभर पानी र हिमपातकाे सम्भावना

 माघ १८, २०७८ मंगलबार १९:४३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भाेलि बुधवारदेखि शनिवारसम्म देशका धेरै ठाउँको मौसम बदली भएर पानी र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले आज मङ्गलवार विशेष बुलेटिन निकालेर भाेलि रातिदेखि देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनुका साथै वाग्मती, प्रदेश १, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात र तराईका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ ।  

भाेलि रातिदेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने भएकाले देशका धेरै ठाउँको मौसम बदली भएर कतै पानी पर्ने र हिमपात हुने भएको हो । यो प्रणालीको प्रभाव शनिवारसम्म रहने महाशाखाले जनाएको छ  । 

आउँदाे आइतवारदेखि क्रमिक रूपमा मौसम सुधार हुनेछ । यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया