आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना

 वैशाख १०, २०७९ शनिबार ७:१८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेकाे छ ।

भारतको बिहारमा बनेको न्यूनचापीय प्रणाली र स्थानीय वायुका कारण देशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पश्चिमी र मध्य क्षेत्रका पहाडी जिल्लामा असिना पानीको पनि सम्भावना रहेको छ । आज राति प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रि-मनसुनको समय भएकाले तत्कालै मौसम बद्ली भएर कुनै-कुनै ठाउँमा ठूलो पानी पर्ने सम्भावना हुन्छ । काठमाण्डौ उपत्यकामा पनि बेलुकापख पानी पर्ने सम्भावना रहेको छ । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया