'लु' बाट बच्न मन्त्रालयकाे आग्रह, ‘खेतबारीकाे काम सकभर बिहान–बेलुका गराैँ’

 वैशाख १३, २०७९ मंगलबार १६:५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तराईमा तातो हावा चल्न थालेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  सूचना नै निकालेर तराईमा तातो हावा चलेको र यसबाट लु हुन सक्ने भन्दै दिउँसो घरबाट ननिस्कन आग्रह गरेको छ । 

बाहिर निस्कनै परे पातलोे कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउन भनिएको छ ।  

मौसमविद्का अनुसार कुनै पनि ठाउँमा लगातार ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम भएमा त्यस ठाउँमा तातो हावा चल्छ र त्यस्तो ठाउँमा लु लाग्ने सम्भावना हुन्छ । पश्चिमी सुक्खा वायुको प्रभावका कारण तराईका केही ठाउँमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम पुग्न थालिसकेकाले सतर्कता अपनाउन मौसमविद् हिरा भट्टराईले आग्रह गर्नुभएको छ ।  

तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम एक सय चार डिग्री फरेनहाइटभन्दा बढी हुनाका साथै  छाला सुक्खा, रातो र तातो हुने डाक्टरले बताएका छन् । तराईका क्षेत्रमा तातो हावा चल्न थालेको भए पनि पहाडी क्षेत्रमा केही ठाउँमा भने आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको माैसमविद् भट्टराईले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया