रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

 जेठ ५, २०७९ बिहिबार ८:३७:३३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस तथा उपमेयरमा एमाले विजयी भएको छ ।

यसअघिको चुनावमा एमाले विजयी भएको नगरमा यस पटक भने कांग्रेस उम्मेदवार ईस्तियाक अहमद खान मेयर पदमा निर्वाचित हुनु भएको हो ।

उहाँले ९ हजार १ सय ३४ मत प्राप्त गर्दा उहाँका प्रतिद्धन्दी राप्रपाका सागरप्रताप राणाले ८ हजार १ सय ३७ मत प्राप्त गर्नुभयो ।

उपमेयरमा भने एमालेकी उमा अधिकारी ८ हजार ८ सय १३ मत प्राप्त गरी विजयी हुनु भएको छ । निकटतम प्रतिद्धन्दी राप्रपाकी बिनिता गुप्ताले ६ हजार ५४४ मत ल्याउनु भयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया